गौशाला धर्मशाला सञ्चालकलाई कोषको निर्देशन : मापदण्ड विपरीतका संरचना भत्काउनू
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मापदण्डविपरीत संरचना निर्माण गरेको भन्दै हटाउन मारवाडी सेवा समितिलाई निर्देशन दिएको छ।
गौपालन, नन्दी सेवा र तीर्थयात्रीलाई आवास सञ्चालन मात्र गर्ने सम्झौता भएकोमा समितिले मापदण्ड विपरीतका कार्य गरेको कोषले जनाएको छ।
कोषले शुक्रबार सूचना जारी ३५ दिनभित्र अवैध संरचना नहटाए नियमअनुसार कदम चाल्ने चेतावनी पनि दिएको छ।
Facebook Comments Box
