डेंङ्गु रोग नियन्त्रण र रोकथाम सम्बन्धि सचेतना

सेयर गर्नुहोस

दिपक के.सी.
कपिलवस्तु कार्तिक ३
कपिलवस्तुको शिवराज नगरपालिकाले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागी सचेतना अभियान संचालन गरेको छ । अभियान अन्तर्गत विहिबार वडा नं. १ शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको छ ।


डेङ्गु रोग रोकथाम , नियन्त्रण र महामारीका विषयमा विद्यार्थी सचेत भई सरसफाइ तर्फ विशेष ध्यान दिनु पर्ने नगर प्रमुख अजय थापाले बताउनु भयो । विद्यार्थीहरुले आफ्नो अभिभावकलाई घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्न लगाउने, हात खुट्टा छोपिने कपडा लगाउन अनुरोध गर्नु भयो । साथै डेङ्गु रोग नियन्त्रण र रोकथामका लागी विद्यार्थी शिक्षक सबैले हातेमालो गरी यो अभियानलाई सफल पार्नु पर्ने बताउनु भयो । विद्याथीहरु भोलीको भविष्य भएका कारण आज्ञाकारी, अनुशासित भई राम्रो संग अध्ययन गरी उज्जवल भविष्य निर्माणमा लाग्न नगर प्रमुख थापाले विद्यार्थी उत्प्रेरित गर्नु भयो ।


सचेतना कार्यक्रममा डेंङ्गु रोग कसरी लाग्छ यो रोग लाग्न बाट कसरी बच्न सकिन्छ र रोगका लक्षणहरु केके हुन्छन भन्ने विषयमा शिवपुर स्वास्थ्य चौकी अहेब विरेन्द्र मिश्र, जितबहादुर विसी र शिवराज आधारभूत अस्पतालका प्रमुख महेश गुप्ताले विद्यार्थी ,शिक्षकहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खिमविक्रम बहादुर के.सी.,नेपाल आदर्श माध्यमिक विद्यालय प्रधानाध्यापक मुक्तिनाथ पोखरेल सहित शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box