ट्रायथलनमा आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण
कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ट्रायथलनको स्वर्ण नेपाल आर्मीका वसन्त थारुले जितेको छन् । उनले एक घण्टा नाै मिनेट ४३ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
आर्मीकै दिपेश चौधरीले एक घण्टा १० मिनेट ०५ सेकेनुडमा दुरी पूरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले एक घण्टा १४ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक हात पारे ।
महिलातर्फको ट्रायथलनमा सशस्त्र प्रहरी बल (एपीएफ) की सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरी एक घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गरिन् । नेपाल पुलिस क्लबकी श्रेबी महर्जनले एक घण्टा १९ मिनेट १५ सेकेन्डमा दुरी पूरा गर्दै रजत जित्दा नेपाल आर्मीकी केशरी थापा मगरले एक घण्टा ३२ मिनेट २९ सेकेन्डमा दुरी पूरा गर्दै कास्य जितिन् ।
आज बुधवार पोखराको लेकसाइडमा आयोजित ट्रायथलनमा उनीहरूले सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौडको दुरी पूरा गरेका हुन् ।
