विपन्न भोकै हुँदा राहत लिएर विपन्नका घर पुग्ने अच्युत प्रदेश सभाका उम्मेदवार
कपिलवस्तु कार्तिक २ गते ।
कोरोनाले देश अस्त व्यस्त बन्दा विपन्न परिवारको चुलो बन्द हुने अवस्थामा थियो । स्थानीय सरकारले राहतको ब्यवस्था नगरे पछि विपन्नलाई निकै समस्या परेको थियो । त्यही समस्यको बेला थानेश्वर अर्याल (अच्युत) विपन्नको घरमा दाल, चामल तेल लगायतका खाद्यान्न लिएर पुगे । दुखको बेलामा महल लगाउने अच्युत यति बेला स्वतन्त्र उम्मेदवार बनी मत माग्न घरदैलोमा जाने गरेका छन् ।
स्थानीय सरकार मौन बस्दा विपन्नलाई गरेको सहयोगले जनता निकै प्रभावित भएका रैछन । मतदाताले आफ्नो नाम भन्दा चिनेका रहेछन् । बाबु अव देश युवाहरुले चलाउन पर्ने बेला आयो । ‘ देशमा तिमि जस्ता युवाको खाँचो छ । हामी सहयोग गर्छौ । जितेर देखाउनु ।’ मतदाताले आर्शिवाद दिने गरेको अच्युत बताउछन् ।
सरकारले तेलको मूल्य बुद्धी गर्दा देखी । जनप्रतिनिधिले नदी जन्यपदार्थ दोहन गर्दा, अनियमितता र भ्रष्ट्राचारको विरुद्ध एक्लो आवाज उठाउने गरेका अच्युतले स्कुटर चुनाव चिन्ह पाएका छन् । यतिवेला उनी प्रचार प्रसारका लागि घरदैलो गर्दै हिँडेका छन् । प्रचार प्रसारका क्रममा स्वतन्त्र युवा उम्मेदवार भएको कारणले जनता निकै उत्साहित भएको बुद्धभूमि २ गोरुसिङ्गेका प्रेम प्रसाद आचार्य बताउनु हुन्छ ।




