ओलीको स्वास्थ्यमा सुधार, आज दुई कार्यक्रममा सहभागी हुने

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार भएको छ।

तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन झापा पुगेका ओलीलाई ज्वरो र रुघाखोकीले सताएको थियो। उनी झापामा हिजो हुने कार्यक्रममा सहभागी हुन सकेका थिएनन्। तर, आज विहान ओलीले सामाजिक सञ्जलामार्फत आफू आज गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन्।

समाजिक सञ्जालमा उनले लेखेका छन् ‘दमकबाट शुभप्रभात, नमस्कार १ आज बिहान ११ बजे धुलाबारीमा झापा क्षेत्र नं १ को र २ बजे दमकमा क्षेत्र न ५ को कार्यक्रममा हुनेछु।,’

मंगलबार झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि दमकस्थित निवासमै आराम गरिरहेका थिए।

Facebook Comments Box