बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय

सेयर गर्नुहोस

काठमाडौँ ।सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।

दुबईबाट बंगलादेशतर्फ १ करोड २० लाख टाका बराबरको सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिक फान रोङ गुईलाई ७ वर्षको जेल सजाय सुनाइएको टीबीएस न्यूज बंगलादेशले जनाएको छ । बंगलादेशको चटगाउँ महानगर अदालतले उनलाई सजाय सुनाएको हो । साथै उनलाई ५० हजार टाका जरिवानाको सजाय समेत सुनाइएको छ । उनले उक्त जरिवाना तिर्न नसकेको खण्डमा थप तीन महिना जेल सजाय हुने जनाइएको छ ।
सन् २०१९ मे ८ मा दुबईबाट बंगलादेशको चटगाउँ आउने क्रममा विमानस्थलमा अवैध सुन सहित उनी पक्राउ परेका थिए ।

Facebook Comments Box