शिवराज नगरपालिकाद्धारा मापदण्ड विपरित निर्माण भएका संरचना एक हप्ता भित्र हटाउन निर्देशन

सेयर गर्नुहोस

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाले मापदण्ड विपरित निर्माण भएका संरचना एक हप्ता भित्र हटाउन निर्देशन दिएको छ ।शिवराज नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चन्द्रौटा चोकको निरज मेडिकल देखि समिम कम्पेलेक्स सम्मका सडक मापदण्ड भित्र रहेका संरचना एक हप्ता भित्र हटाउन निर्देशन दिनु भएको छ ।

सडक चौडा पार्न आवश्यक रहेको जनाउँदै मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र नहटाएमा नगरपालिकाले कानुन बमोजिम कार्य गर्न बाध्य हुने उल्लेख गर्नु भएको छ, ।

मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाले गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको छ ।

Facebook Comments Box