जजिरा एअरवेजद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडानमा कटौती

सेयर गर्नुहोस

काठमाण्डाै – जजिरा एअरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको उडानलाई कटौती गरेको छ ।

जजिरा एअरवेजले गएको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि यो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुलगायत अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरि बसेर विमान कुरे पनि जजिराले उडान भरेन ।

तीन दिनसम्म जम्मा भएका यात्रुहरूमध्ये केही पर्यटक मात्र बोकेर अस्ति जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।

दाहालले जजिरा एअरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताउनुभयो । उहाँले अक्टाेबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन दिएको पनि बताउनु भएको छ ।

जजिरा एअरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताउनु भएको छ।

Facebook Comments Box