काठमाडौं वर्ल्ड स्कुलमा विद्यार्थीहरूबीच लफडा
काठमाडौं : भक्तपुरको सूर्यबिनायक नगरपालिकास्थित काठमाडौं वर्ल्ड स्कुलमा विद्यार्थीहरूबीच लफडा भएको छ।
विद्यार्थीहरूको बीचमा केहि दिन अघि विवाद भएको थियो। गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थी बीचमा बिवाद भएको उनले बताए।
गल्ती गर्नलाई विद्यालयले कारबाहि नगरेको भन्दै स्थानीय पनि विद्यालयमा आएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले बताए ।
‘हुलदंगा हुने, नाराबाजी भएपछि प्रहरी परिचालन हुनु स्वभाविक हो। अहिले स्थिति सामान्य भइसकेको छ’, उनले भने।
Facebook Comments Box
