जसपाका नेताकाे भागाभाग, शीर्ष नेता जनमतमा प्रवेश

सेयर गर्नुहोस

जनता समाजवादी पार्टी (जसपा) को अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा नेपाल सदभावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष नरसिंह चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रमका बीच जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व मेयर मनमोहन चौधरी पनि पार्टी प्रवेश गरेको जनमतका महासचिव चन्दन सिंहले जानकारी दिए ।
सो क्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको उनको भनाइ छ । चुनावको मिति नजिकिएसँगै जनमत पार्टीले चुनावी गतिविधिलाई तीव्रता दिएको पनि सिंहले जानकारी दिए ।

Facebook Comments Box