रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षाीय युवाको मृत्यु
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।
Facebook Comments Box
