कृष्णनगर बाट ३ लाख ९० हजार बराबरको अबैध काठ बरामद

सेयर गर्नुहोस

कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा लुकाइ छिपाइ राखेको बेबारिसे काठ बरामद भएको छ कृष्णनगर नगरपालिका १२ हरीगवा र हथियागण स्थित खोलाको किनारमा लुकाई राखेको अवस्थामा उक्त काठ बरामद भएको हो ।

गस्तिमा रहेको प्रहरी टोलिले १४ गोलिया अनुमानित १३० क्यु फिट सिसौ जातको काठ बरामद भएको हो । उक्त काठको अनुमानित मुल्य ३ लाख ९० हजार रहेको छ । उक्त बरामद भएको काठ लाई सव डिभिजन बन कार्यालय ठाकुरापुर पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Facebook Comments Box