कपिलवस्तुमा ३ सय ६० लिटर नक्कली मह सहित ४ जना पक्राउ

सेयर गर्नुहोस

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका १ उमरीबाट प्रहरीले ३ सय ६० लिटर नक्कली मह सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले १८ वटा डिब्बामा भरिएको मह सहित ४ जनालाई पक्राउ गरेको हो । प्रति डिब्बामा २०/२० लिटर मह भरिएको छ ।

पक्राउ पर्नेमा भारत अम्बेडकरनगर जिल्ला बस्ने बर्ष २४ का मोम्मद सफिक, बर्ष १८ का नुर मोहम्मद, बर्ष ३५ का मोहम्मद नसिम र बर्ष ३८ का नसरुद्दिन अन्सरी रहेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनु भयो ।

नेपालीहरु विभिन्न चाड पर्वहरुको समयमा नक्कली मह बनाई विक्री वितरण गर्ने जोकोहिलाई कार्वाही गर्ने प्रहरी निरीक्षक शाहिले बताउनु भयो ।

यस्ता खाले महले स्वास्थ्यमा असर गर्ने भएकाले सजग रहन उपभोक्ताहरुलाई अनुरोध गर्नु भयो । यस किसिमका ठगीका कृयाकलापहरू बढी मात्रामा हुने भएको हुँदा, सर्वसाधारणहरुलाई सजक तथा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यदि तपाईको गाउँ ठाउँमा यस्तो किसिमको ठगी क्रीयाकलप भए जानकारी गर्न प्रहरीले आम नागरिकहरुलाई अनुरोध गरेको छ ।

यता मौरी पालक महासघं कपिलवस्तुका अध्यक्ष नारायण प्रसाद पौडेलले नक्कली मह र मह बेच्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकोले प्रहरीलाई धन्यवाद दिनु भएको छ ।
समाजमा नक्कली आस्वकर मह बेच्नेलाई कानुनी कार्वाही गर्नु पर्न पौडेलले बताउनु भयो । मौरी पालक महासघं कपिलवस्तुले नक्कली मह खरिद नगर्न आम उपभोक्ताहरुलाई अग्रह गरेको छ ।

Facebook Comments Box