दाङमा पहिराे गएपछि राप्ती राजमार्ग आज बिहानैदेखि अवरुद्ध
दाङ – लगातारको वर्षाले पहिरो खसेपछि राप्ती राजमार्गको दाङ-सल्यान सडक आज बिहानैदेखि अवरुद्ध भएको छ।
दाङ–सल्यान सडक खण्डअन्तर्गत दाङ तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा आवतजावत पूर्णरुपमा ठप्प भएको उहाँले बताउनुभयो । वर्षात निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । वर्षा रोकिएपछि पहिरो पन्छाउने उहाँको भनाइ छ ।
पहिरो निरन्तर झरिरहेको हुँदा सल्यानको कपुरकोटमै र दाङको तुलसीपुरमै गाडी रोकेर राखिएको उहाँले बताउनुभयो । निर्माणाधीन दाङ-सल्यान सडक वर्षातको समयमा पटक पटक अवरुद्ध हुने गरेकाे छ ।
Facebook Comments Box
