पानमसलाका नया ब्रान्ड स्वीकृति, छिट्टै बजारमा
कृष्णनगर , भदाैं १२ । हफसा पान प्राेडक्सनले नया संचालन गरेकाे कम्पनीले ३ थरिका पान मसला र सुर्तिका ब्रान्डले मान्यता पाएका छन ।
गुटखा कम्पनीहरुलागि हब बन्दै गएकाे कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा नया कम्पनी हफ्साले आफ्ना ३ वटा प्राेडक्टस बजारमा ल्याउन मान्यता पाएकाे छ । ग्रेट अशाेक रायल सुर्ति, कैप्सुल गाेल्डेन पावर सुर्ति र ग्रेट अशाेक रायल गुटखा गरि ३ वटा ब्रान्ड बजारमा ल्याइएकाे संचालक सहजाद अहमदले बताएका छन ।
बिगत केही बर्षदेखि बहादुरगंजमा पानमसला र गुटखाकाे व्यापार पनि फस्टाएकाे पाइएकाे छ । पहिलाे गुटखा कम्पनी शुद्ध प्लसले त नेपालभरि मार्केट लिएकाे थियाे तर काेराेनाका कारण भएकाे लकडाउनमा घाटा बेहाेरेपछि अहिले बन्द रहेकाे छ ।
राज्यलाई बढी कर तिर्ने व्यवसाय मध्ये एक सुर्ति गुटखा कम्पनीले स्वास्थ मापदण्ड अनुसारका क्यान्सर संक्रमण चिन्ह प्रयाेग गरि बिक्रिवितरण गर्ने प्रवधान रहेकाेले पानमसला र गुटखा कम्पनीका नया ब्रान्डहरु स्वीकृति लिनु अनिवार्य हुन्छ ।
