गोदावरी नगरपालिकाले ‘पीएचडी’ गरेका नगरवासीलाई सम्मान गर्ने
काठमाण्डाै – ललितपुरको गोदावरी नगरपालिकाले विद्यावारिधी अर्थात् ‘पीएचडी’ गरेका नगरवासीलाई सम्मान गर्ने भएको छ । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर भदौको २३ गते सम्मान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका स्थायी बासिन्दा भई २०७५ सालदेखि अहिलेसम्म विद्यावारिधी हासिल गरेकाहरुलाई सम्मान गरिने भएकाले विवरण पठाइदिन गोदावरी नगरपालिकाले वडा कार्यालयलाई आग्रह गरेको छ । प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र बसाइँ सरी आएकाहरुको हकमा बसाइँसराइको प्रतिलिपि पनि आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
