काठमाण्डौ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचना हटायो

सेयर गर्नुहोस

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ । नक्सा पास नगरि बनाइएका ती संरचना महानगरले डोजर लगाएर भत्काएको हो । ढुङ्गेधारामा अवैध रुपमा घरटहरा बनेका र हटाएको महानगरपालिकाले जनाएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले गएको बुधवार नै अवैध रुपमा बनाएका संरचना हटाउन निर्देशन दिनुभएको थियो । यसअघि महानगरले बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधवार काठमाण्डौ मल अगाडिको संरचना हटाएको थियो ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत हिजो त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो ।

महानगरपालिकाले गएको सोमवारदेखि नक्सा विपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि त्यहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान थालेको हो । यो अभियान अन्तर्गत बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल, संरचना मल र आरबी कम्प्लेक्सका १४ साना पसल र अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइ सकिएको छ ।

आनाकानी गर्दै आए अरु ठाउँका संरचनामा पनि डोजर चलाउन महानगर बाध्य हुने महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभएको छ । अहिले बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

यो अभियानबाट पार्किङको समस्या कम भएसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरपालिकाले विश्वास लिएको छ ।

 

Facebook Comments Box