काठमाण्डौ महानगरद्वारा शङ्खमूल र बानेश्वर क्षेत्रका अनधिकृत संरचनाकाे निरीक्षण
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको टोली अनधिकृत संरचना हटाउन शङ्खमूल र बानेश्वर क्षेत्रमा पुगेको छ ।
मेयर बालेन्द्र शाहसहितको टोली शङ्खमूल र बानेश्वर क्षेत्रको अवलोकनमा पुगेको हो । टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।
काठमाण्डौ महानगरपालिकाले अनधिकृत रुपमा बनाएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिएको छ । यसअघि सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।
काठमाण्डौको कोटेश्वरमा पनि त्यस्ता अवैध संरचना हटाउने तयारी छ ।
Facebook Comments Box
