कर्मचारीले नेताको चाप्लुसी गर्न नछाडेसम्म देश बन्दैन : गणेश तिमिल्सिना

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्ने बताएका छन्।

बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामति सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामति सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास हुने बताए।

सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अहिलेसम्मको मिहिनेत शून्यमा परिणत हुने बताए। कतिपय विधेयहरू मन्त्रालयपिच्छे परिमार्जित हुँदै जाँदा कुरूप बनिरहेको बताए। मुल मर्म एकातिर बनाइ भएको विधेयकलाई झनै बंग्याएर पठाउने समस्या नेपालमा विद्यमान रहेको पनि बताए।

निजामति सेवा ऐनका लागि विधेयक यही राष्ट्रिय सभा रहँदा ल्याउनुपर्ने कुरा प्रधानमन्त्री, कानूनमन्त्री र संघीय मामिलामन्त्रीहरूलाई भनिसकेकोले यही राष्ट्रिय सभामा विधेयक पेस हुनेमा आशावादी रहेको बताए। कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्ने बारेमा सोच्न जरूरी रहेको बताए।

कर्मचारीहरू कुनैपनि दलको नेताहरूसँग चाप्लुसी गर्न छोडेर जनतामा सहज सेवा विस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताए। कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्ने बारेमा सोच्न जरूरी रहेको उनको भनाइ छ।

Facebook Comments Box