ट्राफिक प्रहरीको विशेष जाँच, जाँड–रक्सी खाएर एम्बुलेन्स चलाउने चालक कारबाहीमा
काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बुधवार दुई सय २७ जना चालक कारबाहीमा परेका छन् ।
एक सय २५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालक कारबाहीमा परेका हुन् । यसमा रक्सी खाएर बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक एक जना, बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक एक जना, बा २ क ३२७९ नम्बरको कान्जिरोवा स्कुलका बस चालक एक जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक एक एक जना रहेका छन् ।
यस्तै अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरि सवारी चलाउने ११ जना र अन्य कसुरमा एक सय ६० जना चालक पनि कारबाहीमा परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
