जनवरीभित्रै कृष्णनगर खुला दिशा मुक्त हुने : नगरप्रमुख

सेयर गर्नुहोस

कृष्णनगर ,पुस १९

जनवरी महिना भित्रै कृष्णनगर नगरपालिका हरेक वडालाई खुला दिशा मुक्त गरेरै छाड्ने नगरप्रमुख ले प्रतिबद्धता गरेका छन ।
अाज नगरपालिकाकाे दश नम्बर वडाले अायाेजना गरेकाे खुला दिशा मुक्त सम्बन्धि जनचेतनामुलक कार्यक्रममा नगरप्रमुख रजत प्रताप शाहले सन् २०१९ काे जनवरी भित्रै कृष्णनगर नगरपालिकाका सबै वडाहरुलाई खुला दिशा मुक्त गरेरै छाड्ने दाबी गरेका हुन । उनले कार्यक्रमलाई सम्बाेधित गर्दै पटक पटककाे माइकिंग र अनुराेध गरेपनि अटेर गर्नेलाई नगरपालिका र वडाबाट दिईने सेवाहरु राेक्ने कार्यपालिकाकाे निर्णय रहेकाेले छिटाे भन्दा छिटाे अा-अाफ्नाे घरमा चर्पी बनाउन जानकारी गराए ।
कार्यक्रमका अध्यक्ष वडाध्यक्ष अब्दुल माेविन खां ले वडाबासीलाई पन्द्रह दिनमा शाैचालय बनाई खुला दिशा मुक्त र सरसफाई युक्त वडा घाेषणामा सहयाेग गर्न मञ्चबाटै अनुराेध गरे साथै वडाभित्र सबै घरधुरिलाई सरसफाई मा विशेष ध्यान दिई विभिन्न प्रकारका राेगव्यधिबाट जाेगिन सुझाव गरेका थिए । कृष्णनगर नगरपालिकाका कुल बाह्र वडा मध्ये चारवटा गतबर्ष मै खुला दिशा मुक्त भैसकेका छन ।
कार्यक्रममा उपप्रमुख प्रतिनिधि तुफैल खान, वडाध्यक्ष संजय गुप्ता छेदी यादव, ,वासका राजेश चाैधरी , अाकाश श्रीवास्तव लगायत सर्वसाधारण र संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

Facebook Comments Box