सुरई तातोपानीमा शंकास्पद बम फेला

सेयर गर्नुहोस

कपिलवस्तु । सुरईखोला बृज भन्दा तल खोलामा शंकास्पद बम फेला परेको छ ।

शिवराज नगरपालिका वडा न १ सुराई बृजभन्दा तल खोलामा रहेको तातोपानी नजिक बम जस्तै देखिन बस्तु फेला परेको हो ।

यो समय गर्मि छल्न सुरई बृजमा पौडी खेल्न जानेहरुको संख्या बढीरहदा खोलामा बम जस्तो देखिने बस्तु फेला पर्दा सबै त्रसित भएका छन ।

तातोपानी भन्दा अनुमानित तीन चार मिटर माथी दुई ढुङ्गाको बीचमा अड्किएर रहेको अवस्थामा उक्त शंकास्पद बस्तु भेटीएको हो ।

कसैले पनि त्यस बस्तु पहिचान गर्न नसके पनि तत्कालीन द्वन्द्वकालमा सरकार पक्ष र बिद्रोह बीच त्यस स्थानमा पटकपटक भिडन्त भएको थियो । त्यस कारण पनि त्यति बेला प्रयोग गरिएको बिस्फोटक पदार्थ त्यति बेला बिस्फोट नभएको र आज भोलि देखिएको सबैले अनुमान गरेका छन ।

Facebook Comments Box