बारामा १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

सेयर गर्नुहोस

बारा : महागढीमाई नगरपालिका ३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा संचालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट करिब १० हजार लिटर अवैध घरेलु मदिरा र करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बुधबार दिउँसो प्रहरीले नष्ट गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डर ग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई गरिरहेका १७ वटा अवैध भट्टीहरूमा उक्त मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।

साथै रक्सी उत्पादन गर्ने मेसिन, भाडाकुडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको र आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Facebook Comments Box