छाडा चाैपायाका लागि जग्गा व्यवस्थापन
कपिलवस्तु , साउन २६ । विगत केही दिनदेखि छाडा चाैपायाकाे आतंक बढेकाले जिल्लाका सराेकारवालाले जग्गा व्यवस्थापनतिर सक्रियता देखाएका छन ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे संयोजकत्वमा स्थानीय तह प्रमुखहरुकाे बैठकमा विद्यमान छाडा चाैपाया समस्या समाधानबारे छलफल गरि जग्गा व्यवस्थापन गर्नुपर्ने निष्कर्षमा पुगिएकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभएकाे छ ।
दशाैं स्थानीय तह प्रमुखसहितकाे संयुक्त बैठकले बुद्धभुमी नगरपालिका वडा ९ स्थित पुर्व जनता सामुदायिक वन पश्चिम कपिलवस्तु साझेदारी वन उत्तर बुद्ध यशाेधरा सामुदायिक वन र दक्षिण हरियाली सामुदायिक वनसम्मकाे क्षेत्र अन्दाजी १०० हेक्टर क्षेत्रफल जग्गा छाडा चाैपयाका लागि तारबार लगाई संरक्षित गर्न निर्णय गरेकाे छ ।
कानुनबमोजिम जग्गा प्राप्तिका लागि सम्बन्धि निकायमा समन्वय गरि जिल्लाका सबै स्थानीय तहले आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता समेत गरेका छन ।
निर्णय:-
