बेलायतले चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्यो

सेयर गर्नुहोस

बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ। बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगु आङसँग छलफल गरी जानकारी लिएको बताएकी छिन्।

गतसाता अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि सैन्य अभ्यास सुरु भएको थियो। ‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ,’ ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

……
पाकिस्तानमा पत्रकार पक्राउको निन्दा, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी
पाकिस्तानभरका पत्रकारले एआरवाई न्युजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग गरेका छन् । उनलाई आज कराँचीबाट पक्राउ गरिएको हो । सादा पोसाकमा प्रहरी अधिकारीहरू उनको घरमा जबर्जस्ती प्रवेश गरेका थिए । पत्रकार संघ र प्रेस क्लबले एआरवाई न्युजका प्रमुख युसुफलाई तत्काल हिरासतमुक्त नगरे देशव्यापी आन्दोलन आह्वान गर्ने चेतावनी दिएका छन् । पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्टले वक्तव्य जारी गर्दै युसुफको गिरफ्तारीलाई सरकारको ‘लज्जास्पद कारबाही’को संज्ञा दिँदै विरोध गरेको छ ।

उक्त संस्थाहरूले प्रधानमन्त्री सहबाज सरिफले युसुफलाई तत्काल रिहा गर्न आदेश दिनुपर्ने बताएका छन् । (पिएफयूजे)का महासचिव एएच खानजादाले युसुफलाई तत्काल रिहा नगरिए पत्रकारले देशव्यापी आन्दोलनको आह्वान गर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध कुनै पनि हालतमा नसहने कराँची प्रेस क्लबका सचिव रिजवान भट्टीले भनेका छन् । देशको सबैभन्दा ठूलो निजी प्रसारक च्यानललाई पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सोमबार कारण देखाउ सूचना पठाएपछि युसुफको गिरफ्तारी भएको हो ।
यसैबीच, नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सलमान इकबालसहित अन्य दुई ‘एङ्कर’विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ । उनीहरूमाथि देशद्रोह र कथित षड्यन्त्रको आरोप लगाइएको छ ।

Facebook Comments Box