सामाजिक सद्भाव धार्मिक सहिष्णुता सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न।।

सेयर गर्नुहोस

कृष्ण पौडेल विजयनगर ।।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ । बुधबार गाउँपालिको सभाहल खडैचामा अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाइएको छ । कार्यक्रममा जनप्रतिनिधि, पालिकावासी, स्थानीय राजनीति दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समाजमा कुनै पनि धर्म र संस्कार बिना नागरिक बाँच्न नसक्ने बताउनुभयो । उहाँले यो नै मानव सभ्यताको पहिचान भएको जिकिर गर्नुभयो । अध्यक्ष थापाले धर्म संस्कृतिको बन्धनभित्र अडिएर नै समाज चलायमान भएको बताउँदै समाजको पर्याय नै धर्म र संस्कृति भएको कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो; ‘अपराधीको कुनै पनि जात, धर्म, पार्टी हुदैँन त्यसलाई न समाजको डर हुन्छ, न त इज्जत नै हुन्छ । जुन समाजका नागरिकमा आपसी प्रेम, सद्भाव कायम हुन्छ, अवश्य पनि त्यस समाजको आर्थिक, भौतिक र सामाजिक विकास सम्भव छ ।’


अध्यक्ष थापाले यस पालिकामा पटक–पटक सामाजिक सद्भावबाट जुध्दै आएको बताउँदै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विजयनगर गाउँपालिकाको वडा नम्बर २ को सुन्दर सामुदायिक बनमा घटेको घटनप्रति खेद प्रकट गर्दै दोषीप्रति छानबिन गरि कारवाही दायरामा ल्याउने र यसरी पटक–पटक हुने द्वन्द्वलाई निर्मूल पार्न सबै राजनीतिक दलका प्रतिनिधिनि, जनप्रतिनिधि र अन्य बुद्धिजीवी, समाजसेवीको सहकार्यबाट समास्या समाधान गर्ने पालिकाले निर्णय गरेको जानकारीसमेत दिनुभयो ।

 

त्यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले चेतनाको कमीले गर्दा सामाजिक सद्भाव बिथोल्ने कार्य भएको बताउँदै अझै मानिस चेतनशील नहुँदा गाउँ घरमा जातीय भेदभावका घटनाहरु बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यसैगरी वडा नम्बरका ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले हरेक विकासका पुर्वाधारहरु उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । नागरिकको चासोसँग आवद्ध भएरजवाफदेहीतालाई विकास गरिने उहाँको भनाइ छ । अगामी दिनमा कामलाई प्रभावकारी बनाउन अनुगमनलाई तीब्रता दिने चौधरीले बताउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गाउँपालिकामा शान्ति, सुरक्षालाई कायम गर्नका लागि पालिकाले विशेष कदम चाल्न आवश्यक रहेको कुरामा जोड दिँदै आगामी दिन सभ्य समाज निमार्ण जोड दिएका थिए ।

कार्यक्रममा राम प्रकट कोरी, बालाजी चौधरी, राम निवास पुरी, राजु उपाध्याय, विजयकुमार चौधरी, राम प्यारे यादव ,थर्क बाहदुर खन्गाहा भुलन शाहा अकबर मुस्लमान लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments Box