शिक्षकमा नाम निकालेका दृष्टिविहिन बब्बु हाजिर हुन पाएनन ।।

सनिउल्ला धोबी, कपिलवस्तु पुष ९
कपिलवस्तुको विजयनगर गाउँपालिका निवासी बब्बु भरले दृष्टि नभए पनि स्नाकोत्तर तहमा अध्ययनरत छन । अंग्रेजी विषयबाट स्नाकोत्तर गर्दै गरेका भर समाजमा अपांगता भएका व्यक्तिले केहि गर्न सक्दैनन भन्नेहरुका लागि गतिलो प्रति उत्तर हुन ।
अंग्रेजी वाट स्नाकोत्तर अध्यान गर्दै छन बव्वु भर । राम्रो शिक्षा हासिल गरेका भए पनि दृष्टि विहिनलाई समाजले हेर्न दृष्टिकोण भाषणमा जति सजिलो व्यवहारमा भने रक्ति पनि परिर्वतन नभएको उनै दृष्टि विहिन बब्बु भर माथी गरिएको व्यवहारले देखाउछ ।
अन्धकारलाई हटाएर उज्योलो बनाउछौं , सबैमा ज्ञान र चेतनाबृद्धि गर्छौ भनि विद्यालय व्यवस्थापन समितिका विभिन्न पदमा आसिन भएका शिक्षा ठेकेदारहरुले नै क्षमता वान व्यक्तिलाई अपांग र सपांग भनि विभेद गर्छ भने कठै त्यस्ता व्यक्तिहरुले कस्तो शिक्षा दिक्षा दिन्छन भन्नेमा नै प्रश्न चिन्ह खडा हुन्छ ।
आर्थिक बर्ष ०७५÷०६को असोज २२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाद्धारा स्वेयमसेवक शिक्षक छनोट समितिले दृष्टि विहिन भरलाई शिक्षकको लागी नियुक्त गर्यो । वाड न ३ पथ्दरदेहियामा रहेको जनता आधारभुत विद्यालयमा भरलाई गाउँपालिका शिक्षा शाखाले शिक्षकको रुपमा सिफारीस गर्यो । पुष ७ गते भर विद्यालयमा गए । विद्यालयमा एकाएक विद्यालय व्यवस्थापन समितिले भर विद्यालयमा शिक्षकको रुपमा आएकोे पहिलो दिन नै वैठक बसी भरलाई द्यालयमा हाजीर नगराउने निर्णय ग¥यो कारण भर दृष्टि विहिन थिए, दृष्टि विहिनले पढाउन सक्दैन ।
अपा¨ता भएककै कारण आफुमाथि विभेद गरेको भरले दुखेसो पोखेका छन । विद्यालयमा पढाउन आएको पहिलो दिननै म माथि यस्तो दुब्यवहार गरियो, भरले भने म माथि यति अपमान होला भन्ने सचेको थिएन । भरले लामो समय सम्म अन्य निजि तथा सरकारी विद्यालयमा अध्यापन गराउदै आएका थिए । विद्यालय प्रशासनले हाजिर गर्न नदिए पनि आफुले भने विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको शिक्षक भरले बताए ।
गाउँपालिकामा नै परिक्षा दिएर उर्तिण भएको व्यक्ति विद्यालय प्रशासनले हाजिर नगराउनु आफैमा गलत भएको स्थनिय समाजसेवी र शिक्षा प्रेमीहरुको बुझाइ छ । दृष्टिविहिन भएककै कारण विद्यालयले शिक्षकलाई हाजिर नगराएकोमा स्थानिय वुद्धिजिविहरुले पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित अन्य पदाधीकारीको आलोचना गरेका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गन प्रसाद गुप्ताले दृष्टिविहिन व्यत्तिलmे विद्यालयमा पढाउन नसक्ने भएकोले समितिले निर्णय गरेको जनाउर्दै आफुलाई उम्काउने बाटो खोजे । अध्यक्ष गुप्ताले भने “प्रअले वैठक बोलाउनु भयो सवै कार्य समितिले हाजिर नगराउने निर्णय गरेका छौ” । यता विद्यालयका प्रधानाध्यापक राजकिशोर मिश्रले आफुलाई सच्याउन सम्पूर्ण दोष विद्यालय व्यवस्थापन समितिलाई लगाएका छन । “ विद्यालय व्यवस्थापन समितिको वैठकबाट पास भएको कुरा हो मैले केहि गर्न मिल्दैन ।”
अंपागता पुुनस्थापना समितिले शिक्षक भरलाई विद्यालयले गरेको व्याभारको निन्दा गरेको छ । अपा¨ता भएका व्यक्तिहरु अव यो देशमा वाच्न पाउने अधिकारनै नरहेको जस्तो गरेर विद्यालयले निर्णय गरेको भन्दै समितिका अध्यक्ष दिपक खड्काले सच्याउन विद्यालय प्रशासनलाई आग्रह गरेका छन । विद्यालय पढदै उच्च शिक्षा सम्म ज्ञान हासिल गरेका व्यक्तिलाई अपांगता भएककै कारण अवशर नदिनु र प्रतिष्प्रधा गरेर आएको भएपनि विद्यालयलले हाजिरि नगरेर विद्यालयले विभेद गरेको जनाए ।
क्षमतावान व्यक्तिहरुको क्षमतालाई कदर नगरी आफु खुसी निर्णय गर्ने यस्ता व्यवस्थापन समितिलाई सम्बन्धित निकायले कारर्वाही गर्नु पर्छ । विभेद भएको भन्ने जानकारी पाउदाँ पाउर्दै अन्यत्र विद्यालयमा सरुवा गराउने भन्ने भनाई पनि हास्याँपद छ । शिक्षा शाखा प्रमुख पूर्ण विकले समस्याका समाधान खोज्दै दृष्टि विहिन शिक्षकलाई अन्य ठाउमा सरुवा गर्न सकिने वताए । विभाजनका क्रममा सोहि विद्यालयमा शिक्षकलाई पठाएकोले शिक्षकलाई व्यवस्थापन गर्न सकिने उनले जनाए ।
