कपिलवस्तुको बाणगंगा नदीको कटानले गर्दा बस्ती नै जोखीममा

सेयर गर्नुहोस

सनिउल्ला धोबी,

कपिलवस्तुको बाणगंगा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ । बर्षतको समयमा आउने बाढीले बाणगंगा नदी नियन्त्रण नगरिदाँ बस्ती नै जोखीममा पर्दै गएको छ ।

नदी तटबन्द नहुदाँ नदी काटन बढदै गएको छ । बाणगंगा नदीले अधिकांश ठाउँमा सामान्य वर्षामै कटान हुन थालेको छ ।
जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने बाणगंगा नदीका एक दर्जन स्थानमा बाढीको जोखिम रहने गरेका छन । सो नियन्त्रणका लागि कपिलवस्तुमा ठुलो योजना नहुदाँ बस्ती नै जोखीममा परेको छ । बाणगंगा नदिले जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपलिका, महाराजगंग नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाँउपालिकाको खेतीयोग्य जमिन कटान गर्दे आएको छ ।

सबैभन्दा बढी महराजगंज नगरपालिकाको हरदौना जोखीममा रहेको छ । हरदौनाको केही स्थानमा तटबन्ध निर्माणका काम सुरु गरिएको भएता पनि तटबन्ध निर्माण र बाढी नियन्त्रणको काम पूरा हुन सकेको छैन ।

यसै सातामा लगातार भएको वर्षाले महाजगंज नगरपालिकाको हरदौनाको विभिन्न स्थानमा कटान लागेको छ । महाराजगंजको विभिन्न भागमा खोलाको बाढीले कटान थालेको हो ।

हरदौना गाँँउको जग्गा काटन गरी नदी गाँउ पस्न अब केही मिटर मात्र बाँकी रहेको स्थानिय शैलेन्द्र चौधरीले बताउनुभयो । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले पटक–पटक अनुगमन ग्े पनि काटनको बारेमा कुनै पहल नभएको चौधरीले बताउनुभयो ।

कजरहवा, पडरिया, सिंग्रहा, हरदौना, करैलिया लगायतका गाउँमा बाणगंगा नदीको बाढीको उच्च जोखिममा रहेका छन । तटबन्ध नहुदाँ बर्षेनी काटन भैरहेकोले कटानको जोखिम कायमै रहेको स्थानीयवासीले बताएका छन ।

वाणगंगा नदी व्यवस्थापनका लागि पर्याप्त बजेटको अभावको कठिनाइ लगायतका समस्याका कारण काटन नियन्त्रण हुन नसेको महाराजगंज नगरपालिकाको नगर प्रम्ुख अब्दुल कलामले बताउनुभयो ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्र राज आचार्यले कटान नियन्त्रणको लागि पहल गरेको बताउनु भएको छ । कपिलवस्तुको खेति योग्य जमिन कटान गर्ने बाणगंगा नदीको टतबन्ध निर्माणका लागि ६ अर्ब बजेट पार्न सफल भएको सुरेन्द्र राज आचार्यले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बाण्गंग नदि कटान नियन्त्रणका लागि भारत सरकारसगँ सम्झौता गर्नुभएको थियो । तत्कालीन सिचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले बाणगंगा नदिको डिपिआर निर्माण गरि मन्त्रालयमा पेश गर्नुभएको थियो ।

अहिलेको वार्तमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले बजेट बिनियोजन र टेन्डर प्रक्रीया अघि बढाएको पुर्वमन्त्री आचार्यले बताउनुभयो ।

Facebook Comments Box