भिटेनको पारिश्रमिक : प्रतिपफर्मेन्स तीन लाख
काठमाडौं । र्यापर तथा गायक समीर घिसिङ ‘भिटेन’ अहिले स्टेज कार्यक्रममा व्यस्त छन् । उनी पछिल्लो समय देश तथा विदेशका कार्यक्रममा व्यस्त हुने र्यापर हुन् ।
गीतको रेकर्डिङभन्दा पनि उनी स्टेजमा धेरै व्यस्त हुने गरेका छन् । भिटेन महंगो पारिश्रमिक लिएर स्टेज पफर्म गर्ने र्यापर हुन् । उनी प्रतिस्टेज पफर्मेन्स तीन लाख रुपैयाँ पारिश्रमिक लिन्छन् ।
“भिटेनको अहिलेको पारिश्रमिक तीन लाख रुपैयाँ हो,” स्टेज कार्यक्रममा अहिलेका व्यस्त कलाकारका एक व्यवस्थापक भन्छन्, “यो महंगो पारिश्रमिक लिँदा पनि भिटेनलाई र्काक्रममा बोलाउने आयोजकको कमी छैन । उनी छानी–छानी कार्यक्रममा जाने गर्छन् ।”
भिटेनको कार्यक्रममा युवा दर्शकको बाक्लो उपस्थित हुने र महँगो मूल्यमा टिकट बिक्री हुने भएकाले आयोजक उनलाई महँगो पारिश्रमिक दिन तयार हुने गरेका छन् ।
भिटेनको संघर्षलाई लिएर सिनेमा पनि बन्ने भएको छ । तर, स्टेज कार्यक्रममा व्यस्त भएकाले उनले स्टोरीका लागि निर्माण पक्षलाई समय दिन नसक्दा सिनेमा निर्माणको काम अगाडि बढ्न सकेको छैन । निर्देशकसँग एग्रिमेन्टसमेत गरिरहेको निर्माण पक्षले भिटेनको समय मिलाउन नसक्दा सिनेमाको काम अगाडि बढ्न सकेको छैन । भिटेनको कथामा आधारित चलचित्र निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने सम्झौता भइसकेको छ ।
थोरै र्याप गाएर लोभलाग्दो फ्यान फलोइङ बटुलेका भिटेन केही वर्ष अगाडि गीतको शब्द र तस्बिर सामाजिक सञ्जालमा राख्दा प्रहरीले पक्राउ गरेको थियो । सो समय उनको पक्राउलाई लिएर पक्ष/विपक्षमा बहस भएको थियो ।
