चीन आक्रमणको अन्तिम चरणमा रहेको ताइवानी विदेशमन्त्रीको दाबी

सेयर गर्नुहोस

एजेन्सी : ताइवानका विदेशमन्त्री जोसेफ वुले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताएका छन्।

उनले सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यास चर्किँदै गएको भन्दै आक्रमणको अन्तिम तयारी भइरहेको बताए। उनले चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको बताए।

गत बुधबारदेखि चीनले दुई देशबीचको सीमा नाघेर १ सय २० भन्दा बढी लडाकु विमान पठाएको ताइवानी अधिकारीको आरोप छ। चीनको जवाफमा ताइवानले लडाकु विमान र सामुद्रीक पोतहरु परिचालन गरेको छ । ताइवानी रक्षा मन्त्रालयका अनुसार सोमबार साँझ ५ बजेको आसपास ३९ लडाकु विमान तथा १३ युद्धपोत ताइवानी सामुद्रिक क्षेत्रमा आइपुगेका थिए।

यसका साथै हिजै चिनियाँ सैनिकका २१ जेट सीमा रेखा मिचेर ताइवानी जल क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन ताइवानविरुद्ध क्रुद्ध बनेको छ। चीनले यसअघि पनि आवश्यक परे ताइवानमाथि बल प्रयोग गरेर चीनमा मिलाउन सक्ने बताएको थियो।

Facebook Comments Box