मुस्लिमका छोराले चर्चमा गएर दिए क्रिस्मस डेको शुभकामना

saniulla dhobiअराज सिह बेल्वासे ,कपिलवस्तु पुष ८
शिबराज नगर इसाइ समुदायको आयोजनामा यसु खिरिष्टको जन्म दिनको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । डिसेम्बर २५ को दिन बिश्वभरीका इसाई धमालम्बीमा धर्म गुरु यसु खिरिष्टको जन्मदिनको अबसरमा मनाइने किस्मन डेको अबसरमा बेथानी बप्तिस चर्चमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा शिबराज नगरपालिकामा रहेका इसाई धर्मालम्बीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा शुभमामना दिँदै पत्रकार सनि उल्लाह धोबीले आफु मुस्लिम समुदायको भएर बौद्धबाट डिग्री गरिरहेकोले पनि सबै धर्मले सकारात्मक सन्देस दिने भएकोले पनि इसाई धर्ममान्नेहरुले यसुको मार्गमा हिड्न सक्नु पर्ने बताउनु भयो । बिभिन्न देशहरुमा अझै पनि धर्मको नाममा युद्ध भएको देख्दा दुखलाग्ने बताउदै आफुले मान्ने धर्मको मार्गमा हिड्नु पर्ने बताउनु भयो । नेपालमा इसाई धर्मको प्रचार प्रास भएका धेरै खबर सुनिने भएकोले आफ्नो जुनसुकै धर्म भए पनि आफ्नो धर्मको नाममा भन्दा शिद्धान्तहरु लिएर जान इसाईधमालम्बीहरु लाई अनुरोध गर्दै धर्म मान्न अनुरोध गरेर मानिने नभएर धर्मको राम्रो पक्षहेरेर मानिने भएकोले आफ्नो धर्ममा आउनु भन्नु भन्दा पनि यशुका बिचारहरु बोकेर जादाँ मन परे आउने लाइ स्वागत गर्न अनुरोध गर्दै यशु धर्ममान्नेहरुको बाटो पनि सहि भएको बताउदै किश्मस डे को शुभकामना दिनु भयो । कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधी सञ्चारकर्मी तथा इसाई धर्मालम्बीहरुको सहभागीता रहेको थियो शिबराज नगरपालिकामा करिव २५ सय धमालम्बीहरु रहेछन ।
