प्रदेशसभा सदस्यमा राम अचल कुर्मीको चर्चा
कपिलवस्तु, साउन २३ ।
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ०२ गैड़हवा बस्ने राम अचल कुर्मीको जनता मा चर्चा मंसिर ४ गते हुने प्रदेश सभा सदस्यमा कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ को ‘ क’ बाट उमेदवारी दिने हो कि स्थानीय हरूले चर्चा गर्न थालेका छन् ।
राम अचल कुर्मी एक सामाजिक अभियन्ता भएर करिब दश बर्ष देखि विभिन्न सामाजिक क्षेत्र कार्यमा समाजसेवा गर्दे आएका एक सरल स्वभावका स्वच्छ छबि भएका, इमानदार,जनता प्रति जागरूक रही ,संघर्षशील, निष्ठावान व्यक्तित्व रहेका उनी प्रदेश सभा सदस्यमा निर्वाचनमा भाग लिए राम्रो हुनेभन्ने महाराजगंज नगरपालिका , बुद्धभूमि नगरपालिका का स्थानीयद्वारा चर्चा गर्न थालेका छन् ।
राम अचल कुर्मी नेपाली कांग्रेस महाराजगंज नगरपालिका का नगरसभपति समेत रहेको छन।
आउने चुनाव मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यमा तपाई को चर्चा चलेको प्रश्नमा राम अचल कुर्मीले जवाफ दिदै भने कि जनता लोकतंत्रमा सबैभन्दा सर्वोपरि रहेको जनताको साथ,इच्छा, अकांछा र समर्थन आफू पाउने आसा समेत रहेको बताउदै जनताको चाहना , पार्टी कार्यकर्ता तथा नेपाली कांग्रेस पार्टीको निर्णय आए पछिआफू कदम पछाडि नहटाउने बताए समेत कुर्मी ले जानकरी दिए ।
