मोहर्रम पर्वको अवसरमा विजयनगर गाउँपालिकामा सार्वजनिक बिदा ।

सेयर गर्नुहोस

विजयनगर : कपिलवस्तुको विजयनगर गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायको मुख्य पर्व मोहर्रम तथा नयाँ बर्ष आरम्भको अवसरमा गाँउपालिकाको कार्यालय तथा यस अन्र्तगतका सम्पूर्ण कार्यालयहरुमा सार्वजानिक विदा दिएको   गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा आकस्मिक तथा वर्थिङ सेन्टर बाहेक अरु सबै कार्यालय बन्द रहने गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनुभयो।

देशभर मंगलबार मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै छन् ।
इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।
यस्तो छ नगरपालिकाबाट जारी सुचना :

Facebook Comments Box