दोलखामा ठूलो वर्षा, बाढी पहिरोको जोखिम

सेयर गर्नुहोस

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दोलखामा ठूलो वर्षा भएको छ ।

दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो वर्षाका कारण खिम्ती खाला, जिरी खोलालगायत तमाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको छ भने भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments Box