सुकुम्बासीको समस्या समाधान गर्न माग गर्दै जनमोर्चाद्धारा ज्ञापन पत्र

सेयर गर्नुहोस

विजयनगर। राष्ट्रिय जनमोर्चा कपिलवस्तुले स्थानिय निकायलाई ज्ञापन पत्र बुझाएको छ । सुकुम्बासी समस्या समाधान गर्न, सुकुम्बासी आयोग लाई सुकुम्बासीको डाटा पठाउन ,महँगी ,भाष्ट्र चारनियन्त्रण गर्न र नागरिकता विधेयक खारेज गर्नु पर्ने माग राख्दै नगरपालिका र गाउँ पालिकामा ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाउने काम गरेको छ ।

जिल्लामा भूमि आयोग क्रियाशील हुँदा पनि नगर पालिका र गाउँपालिका बाट डाटा पठाउन ढिला भएको भूमि आयोगका अध्यक्ष शिव पौडेलले बताउनु भएको छ ।यही २४ गते राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवामा ज्ञापन पत्र बुझाउने र विरोध सभाँगर्ने जनाएको छ ।

विजय नगर गाउँ पालिकामा ,आज राष्ट्रिय जनमोर्चा विजय नगर गाँउ पालिका समितिका अध्यक्ष गोविन्द परिवारको नेतृत्वमा गएको टोलीले गाउँपालिका अध्यक्ष गोपाल थापा समक्ष ज्ञापन पत्र बुझाउँदै तत्काल काम अघि बढाउन माग गरेका छन् । टोलीमा जातीय समता समाज का केन्द्रिय सल्लकर दिल बहादुर विक, परेश्वरी यादव,सूर्य बहादुर जीसी, मनीषा कोरि, लगायतको टोलीले बुझाएको हो, राष्ट्रिय जनमोर्चा कपिलवस्तुले ज्ञापन पत्र बुझाउने काम लाई निरन्तर अघि बढाएको छ,।

Facebook Comments Box