शिवराज: हाकिमको सरुवामा चलखेल, थमौतीका लागि दौडधुप
कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालको सुर्खेतको गुर्भाकोट नगरपालिकामा सरुवा भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ११ गते सरुवा निकालेको थियो ।
प्रशासकिय अधिकृत अर्यालको जाने इच्छा पटक्कै छैन् । सरुवा रोक्न हाकिम अर्यालले स्थानीय नेता देखि गृहमन्त्रालयका अधिकारीहरु सम्मको पहुच लगाएका छन् ।
अर्यालले सरुवाको थमौतीका लागि सामान्य प्रशासन मन्त्रालय समेत धाएपनि मन्त्रालयले भने उनको कुरालाई बेवास्था गरेपछि गृहका अधिकारी सम्म पुगेका हुन ।
नगरप्रमुखलाई आफु तर्फ आर्कषित गर्दै नया सरुवा भएर आउने हामिकलाई हाजिर नगराउने चेतावनी दिन समेत लगाए ।
सोहि बमोजिम नगरप्रमुख अजय थापाले शिवराजमा सरुवा भएर आउन लागेका रमेश गौतमलाई फोन गरि शिवराजमा नआउन आग्रह गर्दै आएमा हाजिरी नगराउने चेतावनी दिए ।
नगरपलिकामा राम्रो माहोल बनाएका अर्याललाई थमौतीको लागि एमाले,काग्रेस र माओवादीका केहि नेताहरु लागि परेका छन । जनता समाजवादी पार्टीका जिल्ला देखि केन्द्र सम्मका नेताहरु आर्याललाई कुनै पनि हालतमा सरुवा गर्ने पक्षमा छन् । रोचक कुरा हाकिम अर्यालको सरुवा रोक्न मेयर अजय थापा, नगरमा कार्यरत प्राविधिक मोहन केसी काठमान्डौ सम्म धाएका छन् ।
जसपाका राजेन्द्र श्रेष्ठ मन्त्री रहेको सामान्य प्रशासन मन्त्रालयलाई दबावको लागि स्थानीय स्तरका नेताहरुलाई अनुयबिनय गरिरहेका छन् ।
निर्वाचन पश्चात सुरुमा नगरप्रमुख अजय थापा हाकिम अर्यालसँग असुन्तुष्ट रहे पनि पछिल्लो समय सरुवा रोक्न नागो नाच नाचिरहेका छन् । सरुवा निरन्तर प्रकृया रहेको भएपनि अर्याल शिवराजमै बस्न चाहान्छ ।
यसरी मन्त्रालयले सुरुवा गरेको ठाउँमा जान नखोज्नुले अर्याल प्रति शंका उत्पन्न भएको छ । हाकिमको सरुवा रोक्न नगरपालिकाका कर्मचारीहरु पनि सकृय भएका छन् ।
नगरमा राजनितिक आस्थाले जागिर पाएकाहरु अहिले आफ्ना नेताहरुलाई हाकिमको सरुवा रोक्न हारगुहार गरिरहेका छन् । लामो समय सम्म बसेकोले नयाँ आउँदा यहाको स्थीती बुझ्न समय लाग्ने भएकोले सरुवा रोक्न आग्रह गरेको नगरप्रमुख अजय थापाले बताए ।
‘नगरको भवन निर्माण, अस्पताल निर्माण धेरै कुराहरु छन, थापाले भने ‘नया हाकिमलाई हाजिरि गराउँदैनौ, अर्यालकै थमौती हुन्छ,।’

