मोटरसाइकल रुखमा ठोक्किदा बाणगङ्गामा दुई जनाको ज्यान गयो

सेयर गर्नुहोस

कपिलवस्तु । जिल्लाको बाणगंगा २ पिपरामा भएको मोटरसाईकल दुर्घटना बाट दुई जनाको ज्यान गएको छ ।

पिपराको गोवडीहवामा रुखमा लु ६४ प ५७६३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठोकिदाँ मोटरसाइकलमा सवार दुबै जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रहरीका का अनुसार मोटरसाईकल चालक वडा नं.२ निवासी २५ बर्षीय रमेश वि.क.र पछाडी बस्ने २७ बर्षीय गोपाल वि.क.को ज्यान गएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएको दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल लैजादाँ अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

Facebook Comments Box