४ किलो अवैध गाँजा सहित अर्घाखाँचीबाट एक जना पक्राउ

सेयर गर्नुहोस

अर्घाखाँची –अर्घाखाँचीमा प्रहरीले ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बसमा राखि बुटवल लैजादै गरेको ४ किलो गाँजा सहित चन्दलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

गाँजा र चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समेत बताइएको छ ।

Facebook Comments Box