भिजिबिलिटी कम हुँदा जहाजहरु आकाशमै फन्को मार्दै

सेयर गर्नुहोस

काठमाण्डाै – काठमाण्डौमा भिजिबिलिटी कम हुँदा जहाजले आकाशमा फन्को लगाइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको हो ।

सिङ्गापुर एअरलाइन्स, नेपाल एअरलाइन्स, इन्डिगो लगायतका जहाज बारा, मकवानपुर र ललितपुरको आकाशमाथि घुमिरहेका छन् ।

बिस्तारै मौसम खुल्न थालेकाले अब अवतरण सहज हुने विमानस्थल कार्यालयले जनाएको छ ।

Facebook Comments Box