कृष्णनगरमा कांग्रेसका श्याम प्रकाश चौधरीसहित १ सय ५० जना राप्रपामा प्रवेश

सेयर गर्नुहोस

कपिलवस्तु ।
उम्मेदवारी मनोनयनकै दिन नेपाली कांग्रेस कृष्णनगर नगरपालिका वड़ा ५ का सक्रिया नेता श्याम प्रकाश चौधरी लगायत १५० जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेका छन्।

राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरियाको पहलमा नेपाली कांग्रेसका नेता श्याम प्रकाश चौधरी लगायत १५० जना नेपाली कांग्रेसका कार्यकर्ता सहित राष्ट्रीय प्रजातंत्र पार्टीमा प्रवेश सदस्य रजौरियाले बताएका छन्।

लुम्बिनी प्रदेश सदस्य रजौरिया कृष्णनगर नगरपालिका नगरप्रमुख प्रत्याशीको दावेदारी गरि कृष्णनगर क्षेत्रको उत्थान गर्ने घोषणा पत्र जारि गर्दै क्षेत्रमा घरदैलो गरि राष्ट्रीय प्रजातंत्र पार्टीको नितीश सिद्धांतको बारे जनतामा जानकारी गराएपछि नेपाली कांग्रेसका सक्रिया नेता तथा कार्यकर्ताहरु रजौरियाको राजनितिक सक्रियतापछि जनताबिच लोकप्रियाता हेरी धमात्रम राष्ट्रिय प्रजातंत्र पार्टीमा प्रवेश गरि रहेको बब्बन चौधरीले बताए।

लुम्बिनी प्रदेश‌ सदस्य दिपक रजौरिया केही दिन देखि कृष्णनगरका जनताबिच रही किसानहरुको समस्यालाई क्षेत्रको मुख्य समस्या बुझी डिप बोरिंग जडान ,नदीको तटबंध जस्ता कार्यहरु आफ्नो पहलम केन्द्रबाट बजेट ल्याई क्षेत्रको उत्थानमा लागेका छन्।

Facebook Comments Box