विजयनगरमा युवा र विभिन्न पार्टीका उम्मेद्वार आकांक्षी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न।।

कृष्ण पौडेल विजयनगर ।।
विजयनगर गाउँपालिकामा युवा र विभिन्न पार्टीका उम्मेद्वार आकांक्षी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आदर्श युवा क्लबको आयोजनामा इन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोग र कालिका स्वावलम्बन समाजिक केन्द्र र कन्सोर्टियम नेपालको समन्वयमा उम्मेदवारहरुले युवा लक्षित चुनावि एजेण्डा विषयात्मक युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाका क्षेत्रभित्र भइरहेको बिकास निर्माण र पालिकाको संस्थागत सुधार, शुशासन, सेवा प्रवाह, नागरिक सुनुवाइ र सामाजिक लेखापरीक्षणका बिषयमा छलफल भएको थियो।
कार्यक्रममा विजयनगर गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिनेश चौधरीले उठेका जिज्ञासा् मेट्दै पालिकामा आर्थिक शुसासन कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।

अध्यक्ष चौधरीले पालिकाको योजना छनौटमा जनताले बढी लाभ लिने योजनालाई प्राथमिकता दिने, निर्माणमा गुणस्तरमा ध्यान दिने, नियमित अनुगमन गर्ने सम्भावित भ्रष्टाचारलाई रोक्ने खालका काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो।
पालिकाले भौतिक पूर्वाधारमा भन्दा कृषि, स्वास्थ्य ,शिक्षा र सामाजिक क्षेत्रमा आवस्यक लगानी गरि यहाँका जनतालाइ छिटो र दुरुस्त सेवा प्रदान गर्ने बताउनुभयो ।
रा प्र पा का विजयनगर गाउँ कमिटी अध्यक्ष इजहार खाँनले गाउँपालिका कार्यालयको कामकारबाही चुस्तदुरुस्त बनाउदै जनतालाई छिटोछरितो सेवा प्रदान गर्न महत्त्वपूर्ण भुमिका खेल्ले बिश्वास व्यक्त गर्नु भयो। देशले युवा चाहेको र युवा संग दिर्घकालिन भिजन हुने हुदा युवा अहिलेको आवश्यकता भएको बताउनुभयो।
नेकपा माओवादि केन्द्रका विजयनगर ईन्चार्ज अर्जुन सापकाेटाले गाउँपालिकाले गरिहरेको बिकास निर्माण लगायतका कार्यहरूको सूचना सार्वजनिक गर्न सुझाव दिदै पालिकाबाट हुने अनुगमनमा पनि युवालाई सहभागी गराउन सुझाव दिनु भयो। सापकोटाले पालिकाको संस्थागत सुधार गर्न, आर्थिक सुशासन कायम गराउने सवालमा र बिकास निर्माणको अनुगमन कार्यमा युवालाई सगसगै राखेर आगाडी बढ्न सुझाव दिनु भयो।
युवा क्लबका सचिव प्रभात न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कन्सोर्टियम नेपालका प्रदेश संयोजक अर्जुन थापा, कालिका स्वावलम्बन विकास केन्द्रका फाइनान्स अफिसर राजु लम्साल, सुदिप चापागाईं लगाएतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण अर्जुन थापा ले गर्नु भएको थियो र सन्चालन दिपक भण्डारीले गर्नु भएको थियो
।
