सुन्दरीडाडामा स्थानीय र नव आगन्तुक निरीक्षक बिच परिचय ।।

कपिलवस्तु
सुन्दरीडाडामा स्थानीय र नव आगन्तुक निरीक्षक यौवन चौधरी बिच परिचयात्मक कार्यक्रम समपन्न भएको छ ।
शनिबार शिवराज ९ को ईलाका प्रहरी कार्यलयमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, क्लबका अध्यक्ष,सहकारी विद्यालयका प्र अ , समाजसेवी ,बुद्धिजीवी बीच परिचयात्मक कार्यक्रम समपन्न भएको हो ।
बददो दुर्व्यसन रोकथाम ,घरेलुु हिंसा ,बालबिवाह,लगायतका बिषयमा स्थानीय र प्रहरी बिच छलफल भएको थियो ।
वडामा हुनसक्ने संभावित घटना रोक्न न्यूनीकरण गर्न स्थानीय र प्रहरी बीच समन्वय नभए संभावना नभएकोले स्थानीय र प्रहरी बीच समन्वय गरेर रोकथाममा पहल गरे पक्कै शान्ति सुव्यवस्था कायम गर्न सकिने निरीक्षक यौवन चौधरीले बताउनु भयो ।
वडा बासीले पनि वडामा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्न बताएका छन ।
Facebook Comments Box
