रहेनन् काँग्रेसी नेता विष्णु राज आचार्य

सेयर गर्नुहोस

सनिउल्ला धोबी, कपिलवस्तु –

नेपाली काँग्रेस कपिलवस्तुका बरिष्ठ नेता तथा पुर्व सांसद विष्णु राज आचार्यको निधन भएको छ । नेपाली काँग्रेसका संस्थापक नेता आचार्यको उपचारको क्रममा काडमाण्डौमा ७४ बर्षको उमेरमा निधन भएको हो । उहाँको जन्म २००४ मा भएको थियो ।

 

नेता आचार्य वि.स २०४८ र ५१ मा कपिलवस्तु क्षेत्र नं ३ बाट संसद पदमा निर्वाचित हुनु भएको थियो । उहाँको निधनले कपिलवस्तु काँग्रेस शोकमा डुवेको छ ।

नेपाली काँग्रेस कपिलवस्तुले एक शोक विज्ञप्ती जारी गर्दै आचार्यको निधनले कपिलवस्तु काँग्रेसलाई ठुलो क्षती भएको नेपाली काग्रेस कपिलवस्तुका सभापती अब्दुल कलामले बताउनुभयो ।

 

नेपाली काँग्रेस कपिलवस्तुले शोकाक्ुल परिवारकमा गहिरो सम्वेदना प्रकट गर्दै अभिभावक गुमेको प्रति दुख व्यक्त गरेको छ ।

नेता आचार्यको कपिलवस्तुको बृद्धभुमी नगरपालिका ९ घर हरेको छ भने हाल काठमाण्डौ बुढानिलकण्ड बस्दै आउनु भएको थियो । उहाँको बुढानिलकण्ड स्थीत आफनै निवासमा आज विहान निधन भएको हो । उहाँको ३ छोरी र श्रीमती रहेका छन ।

Facebook Comments Box