कपिलवस्तुको शिवराज ३ मै सुविधा सम्पन्न पोलिक्लिनिक प्रा.लि संचालन ।।

सेयर गर्नुहोस

नवराज पौडेल ,

चन्द्रौटा कपिलवस्तु ।।

 

कपिलवस्तुको शिवराज नगरपालिका ३ मै सुविधा सम्पन्न गौतमबुद्ध पोलिक्लिनिक प्रा.लि संचालन भएको छ ।अत्याधुनिक विशेषज्ञ सेवा सहित गौतमबुद्ध पोलिक्लिनिकको शनिबार एक कार्यक्रम विच उद्घाटन गरिएको हो । हाडजोर्नी नसा तथा बाथ रोग , पेट छाती सुगर प्रेसर तथा थाइराइड रोग महिला तथा प्रसुती रोग एवंम टाउको नसा तथा मनोरोगको सफल उपचारका लागी पोलिक्लिनिक संचालनमा आएको जनाइएको छ ।

२४ सैं घण्टा इमरजेन्सी सेवा, ल्याब, डिजिटल एक्स–रे, भिडियो एक्स–रे, इसिजी,सेवा,आकस्मिक सेवा, फार्मेसी,माइनर अप्रेशन, पलास्टर, गर्भवती जांच एम्वुलेन्स सेवा लगायत अन्य सेवाहरु प्रदान उद्देश्यले गौतमबुद्ध पोलिक्लिनिक संचालन गरिएको संचालक जिवन टण्डनले जानकारी दिनुभयो ।

यस गौतमबुद्ध पोलिक्लिनिकमा पुरानो मेडिकल कलेज भरतपुर चितवनका टाउको नसा तथा मनोरोग विशेषज्ञ डा. विनोद पौडेल, हार्डजोनी नसा,तथा बाथ रोग विशेषज्ञ डा. मदन ज्ञवाली, लगाएत तथा प्रत्येक शनिबार विशेषज्ञ डाक्टर र प्रत्येक दिन एमवि विएस डाक्टरद्धारा आफ्नो सेवा प्रदान गर्ने टण्डनले जानकारी दिनुभयो ।

सानो भन्दा सानो विरामीको समस्यालाई जिल्ला बाहिर जानु पर्ने बाध्यतालाई यस पोलिक्लिनिकले केही हदसम्म न्यूनीकरण गर्न सक्ने अर्का संचालक बाबुराम भुसाले बताउनु भयो । स्वास्थ्य सेवाको अभावमा मोटो रकम खर्चदै उपचारका बुटवल तथा काठमान्डौ जाने बाध्यता हटेकोले विरामी परिवारलाई चाडै नै स्तरीय सेवा प्रदान गर्ने संचालक भुसाले बताउनु भयो ।उहाका अनुसार सम्पूर्ण विशेषज्ञ सेबमा र अन्य सेबमा कुनै कमि हुन नदिने संचालक भुसालले बताउनु भएको थियो ।

Facebook Comments Box