जासुसीको आरोपमा अमेरिकामा ५ चिनियाँविरुद्ध मुद्दा दायर

सेयर गर्नुहोस

अमेरिकामा ५ चिनियाँमाथि जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अमेरिकाको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकामा बसोबास गर्नेहरुमाथि जासुसी गरेको र उनीहरुलाई दुःख दिएको भन्दै मुद्दा दायर गरिएको जनाएको हो ।आरोपी चिनियाँमध्ये अधिकांश न्यूयोर्कको क्विन्स क्षेत्रमा बसोबास गर्ने गरेको बताइएको छ । मुद्दा दायर गरिएकामध्ये तीन जनालाई पक्राउ गरिएको तर अरु दुई जना फरार रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुले चिनियाँ सरकारको निर्देशनमा अमेरिकामा बसोबास गरिरहेका चिनियाँ नागरिकमाथि जासुसी गर्ने गरेका थिए । राजनीतिक विचारका कारण अमेरिकामा बस्ने चिनियाँहरु जासुसीको निशानामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आरोपीले अमेरिकामा रही चीनमा प्रजातन्त्र र मानव अधिकारका विषयमा वकालत गर्ने चिनियाँ नागरिक अर्थर लिउलाई मुख्य निशाना बनाएका थिए । त्यस्तै, डेमोक्र्याटिक पार्टीका कार्यकर्ता एवम् सन् १९८९ मा तियानमेन चौकमा भएको प्रदर्शनमा सहभागी सियोङ यानमाथि पनि जासुसी गरिएको रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

Facebook Comments Box