विजयनगरमा अवकाश महिला स्वयंमसेविका विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

कृष्ण पौडेल विजयनगर

अवकाश महिला स्वयंमसेविका विदाई तथा सम्मान कार्यक्रम आज गाँउपलिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वयंमसेविकाले सामाजिक तथा स्वास्थ्य क्षेत मा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। स्वयमसेवक आफै परोपकार संग जोडिएको भन्दै यसको तुलना अर्थ संग गर्न नसकिने बताउनुभयो। स्वयंमसेविकाले गरेको कामको पालिकाले उच्च मुल्याङ्कन गर्ने भएकोले आफ्नो कामलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

अध्यक्ष थापाले साविकका गाविसहरू हुँदा घरमै वा अन्य ठाउँमा सुत्केरी गराउन लैजाने बाध्यता रहेको थियो भने अहिले गाउँपालिकाले ३ वटा बर्थिङ सेन्टर ( प्रस्तुति गृह ) र आयुर्वेदिक औषधालय सञ्चालनमा आए पछि सहजता भएको बताउनुभयो । स्वास्थ्यकर्मी र स्वयमसेविकाले खेलेको भुमिका उल्लेखनीय प्रशंसा गर्दै उहाँले धन्यवाद व्यक्त दिनु भयो।

त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्यमा क्षेत्रमा भएको परिवर्तनमा स्वयंमसेविकाको महत्वपूर्ण योगदान रहेको बताउँदै स्वयंमसेविका गाउँको डाक्टर भएकाले धेरैको जीवन बचाउन सहयोग गरेको बताउनुभयो । मान्छेले अहिले धर्म कमाउन करोडौं खर्च गर्ने गरेको भन्दै स्वयंमसेविकाले गरेको काम परोपकार रहेको चौधरीले बताउनुभयो ।
कार्यक्रममा १७ जना अवकाश महिला स्वयंमसेविका लाई दोसल्ला ओढाएर फुलमाला लगाई प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रममा कौशला घिमिरे, इन्द्र भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने शान्ति वोस्तीको स्वागत मन्तव्य यज्ञ प्रसाद अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Facebook Comments Box