गिटी बालुवा अवैध उत्खनन गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

सेयर गर्नुहोस

जनकपुरधाम । महोत्तरीमा प्रहरीले अवैध रूपमा गिटी बालुवा उत्खनन गर्ने ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर-६ किसाननगरस्थित रातु खोलाबाट अवैध रूपमा गिटी बालुवा उत्खनन तथा ओसारपसार भइरहेको सूचनापछि प्रहरीले खोलाबाट ४ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।

प्रहरीले ना ८ ख २०४६, ना ८ ख ११३८, प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिप्पर नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताएका हुन्।

Facebook Comments Box