१९ बुँदे आरोपपत्र मलाई थुन्ने योजनाले आएको थियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई फौजदारी अभियोग लगाएर थुन्ने षड्यन्त्र गरेको टिप्पणी गरेको छन्।
केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘दुई वर्षमा जनताले देखिनेगरी काम गरेको थियौँ। एमालेको सूर्य सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो पोलेर हिँडेका छन्। प्रधानमन्त्रीविरुद्ध १९ पन्ने अभियोग पत्र षड्यन्त्र गरेर अगाडि बढाइयो। मैले सानो चित्त नहेरी अल्पमतमा बसेर काम गर्न तयार भएँ। कुनै बाध्यता थिएन।’
षड्यन्त्र गरेर प्रचण्डले ल्याएको १९ बुँदे आरोपपत्र आफूलाई थुन्ने षडयन्त्रको साथ आएको बताए।
ओलीले भने, ‘ओलीलाई पार्टीबाट निष्कासन गर्नुपर्छ। फौजदारी अभियोग लगाएपछि स्थायी कमिटीबाट पास गरेर निष्कासन गरेर मुद्धा चलाएर थुन्नको लागि १९ पन्ने अपराधको पुलिन्दा अगाडि सारे। एकता जोगाउन धेरै प्रयास गरे। तर, सम्भव भएन। सहमति र सहकार्यबाट बनाएको संसद अनुसाशनहिन भएपछि विघटन गरेको हुँ।’
पार्टी कब्जा गरेर आफूलाई समाप्त गर्नको खोजेपछि प्रतिनिधि सभा विघटन गरेको स्वीकार गरे। संगठनमा उनीहरुले कब्जा गरेपछि संगठन जोगाउन प्रतिनिधिसभाको विघटन गरेर जनताको जाने कदम जायज भएको दाबी गरे।
‘५ दलीय थियो अहिले छ दलीय गठबन्धन बनेको छ। मेरै नगरपालिकामा राप्रपाको उम्मेदवारलाई बनेर आइसकेको छ’ ओलीले भने, ‘एमालेले देशलाई चौतर्फि अगाडि बढाउन सक्छ। देश विकास र सुशासनको गर्न सक्ने आम विश्वास बनेको छ। एमालेको नीति ठिक छ।’
एमालेप्रति जनताको आकर्षण बढेको दाबी गरे। २८ बर्षसम्म पार्टीको नेतृत्व गरेका माधव नेपाल र झलनाथ खनालले पार्टी भत्काउन लागिरहेको बताए।
‘म प्रधानमन्त्री हुँदा एकता गरेर दुई तिहाइ पुगेपछि पार्टी एकीकरणले पूरा हुन पाएन। पार्टीमा देश र जनताको समस्याबारे छलफल हुन पाए। नेतृत्वमाथिको आलोचना र आक्रोश कुण्ठा र नचाहिने कुरामा बित्यो’ ओलीको भनाइ छ। नेतृत्वको पक्षमा बोल्यो कि दास बन्यो भन्ने आरोप लगाए।
