विदेशमन्त्रीले भारतका विदेश मन्त्रीको गरे प्रशंसा, भने–‘सच्चा देशभक्त’
रुसका विदेश मन्त्री सर्गेई लाभरोभले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकरको खुलेर तारिफ गरेका छन् । लाभरोभले एस जयशंकरको ‘माझिएको कुटनीतिज्ञ’ र ‘सच्चा देशभक्त’ को संज्ञा दिए । सर्गेई लाभरोभले हालैको अमेरिका भ्रमणका क्रममा भारतका विदेशमन्त्री दिएको अभिव्यक्ति र अडानको लागि उनको प्रशंसा गरेका हुन् ।
लाभरोभले भारतीय अङ्ग्रेजी टीभी च्यानल इन्डिया टुडेलाई दिएको विशेष अन्तवार्तामा यी कुरा भनेका हुन् । गत साता अमेरिका र भारतका दुई देशका रक्षा र विदेशमन्त्रीबीच भएको वार्तापछि एस जयशंकरले भारतले कसैको दबाबमा नपरी आफ्नो हितलाई ध्यान दिएर निर्णय लिने स्पष्ट पारेका थिए ।
‘जयशंकरले अमेरिकासँगको कुराकानीमा भारतले आफ्नो सुरक्षा आवश्यकतालाई हेरेर निर्णय लिने भने । आजको दिनमा अमेरिकाका सामु यस्तो अडान लिन सक्ने मुलुक एकदम कम छन्,’ लाभरोभले इण्डिया टुटेको अन्तरवार्तामा भने ।
