रमुवादहमा डिप ट्युबवेल अब बाह्रै महिना खेती गर्न सकिने ।।

सेयर गर्नुहोस

कपिलवस्तु  रमुवादहमा डिप ट्युबवेल निर्माणकार्य पूरा भए पछि बाह्रै महिना खेती गर्न सकिने भएको छ ।
सिचाइ अभावमा चाहेर पनि खेती गर्न नपाएका रमुवादहका किसानहरु यतिबेला डिप ट्युबवेल निर्माणकार्य पूरा भए पछी खुसी भएका छन ।
शिवराज नगरपालिका वडा ९ को पहल र प्रदेश सरकारको ६७ लाखमा उक्त डिप ट्युबवेल बनेको हो ।
चिरई सिचाइ कुलोबाट गर्मी महिनामा गरिने सिचाईले करेसावारि समेत सिचाई गर्न नसकी बारीमा लगाइएको बाली सिचाइ अभावमा आशा गरे अनुसार फलाउन नसक्दा रमुवादहबासी अरुले उत्पादन गरेको तरकारीमा भर पर्दै आएको थिए ।
डिप ट्युबवेल रमुवादहमा निर्माण भए पछि अब त्यो समस्य हटेर जाने स्थानीय बताउछन ।
आशा गरे भन्दा ठुलो पानी आए पछी अब बाह्रै महिना खेती गर्न सकिने भन्दै किसानहरुले खुशी व्यक्त गरेका छन ।
रमुवादहमा डिप ट्युबवेल निर्माणले २४० किसानलाई फाईदा भएको छ।

Facebook Comments Box